आयुर्वेद स्वास्थ्य केन्द्र हाल दैलेख जिल्लास्थित नारायण नगरपालिका-६ काँडाचौरमा अवस्थित छ । वि.स.२०३९ सालमा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तत्कालिन समयमा वेलासपुर आयुर्वेद स्वास्थ्य केन्द्रको नाममा सञ्चालित भइ शुरुमा वेलासपुर पछि काँडाचौरबाट सेवा प्रदान गर्दै आइरहेको सर्वविदितै छ। वि.स.२०६० सालसम्म आफ्नै भवनबाट सेवा दिइरहेको यस केन्द्रलाइ तत्कालिन समयमा नेपाली सेनाले कटकालको परिस्थिति देखाइ आफुले प्रयोग गर्दै आइरहेको छ । वि.स. २०६० देखि २०८१ साल सम्म करिव २२ बर्ष भाडाको घरबाट सेवा प्रवाह गर्दै आइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नै भबन बनाउने उद्येश्य अनुरुप कार्यालय प्रमुख श्री डा.यादवप्रसाद उपाध्यायको अग्रसरतामा स्थानीय जग्गादाता प्याकुरेल परिवारका जेष्ठ व्यक्ति श्री हरि बहादुर प्याकुरेलबाट जग्गा प्राप्त गर्ने महत्वपुर्ण काम सम्पन्न भयो ।त्यस लगतै कार्यालयको आफ्नै भवन निर्माणका लागी प्रदेश सरकारबाट बजेट विनियोजन भइ आएको हुँदा सोको आवश्यक प्रक्रिया अगाडि बढ्ने क्रममा छ।जडिबुटीको धनि प्रदेशका रुपमा परिचित कर्णाली प्रदेशलाइ आयुर्वेद चिकित्साको माध्यामबाट Health Tourism को विकास गर्न समेत टेवा पुग्ने आयुर्वेदमा काम गर्ने विज्ञहरुको राय छ।